सांकेतिक तस्वीर ।

समाचार

मलद्वारमा सुन लुकाएर तस्करी गर्ने भारतीय नागरिक पक्राउ

By खबरहब

March 22, 2022

काठमाडौँ – मलद्वारभित्र लुकाएर सुन तस्करी गर्ने भारतीय नागरिकलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय प्रहरीले पक्रेको छ ।

विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सुन मलद्वारमा लुकाएर तस्करी गरेको पाइएपछि ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरालाई विमानस्थलको शौच गर्न लगाएर सुन निकालिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए ।

सो सुनको परिणाम एक हजार २६८ ग्राम रहेको छ । उक्त सुनको मूल्य एक करोड आठ लाख ४९ हजार बराबर पर्छ । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनको गतिविधि शङ्कास्पद देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको थियो ।

हरियो रङको टेपले बेरिएको प्लाष्टिकभित्र बेलनाकार बनाइ ल्याइएको दुई थान अर्धठोस सुनको पोका बरामद गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।