तातोपानी भन्सार

समाचार

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

By खबरहब

March 22, 2022

सिन्धुपाल्चोक – चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

माघ मसान्तसम्म दुई अर्ब चार करोड रुपैयाँ राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। ८२ करोड ६४ लाख लक्ष्य थियो । यो लक्ष्यको २४७.१७ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज छैन । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको थियो। कहिले आयात शून्य हुने भएकाले नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ । आयात न्यून रहेको छ भने निर्यात शून्य छ ।

विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुन सकेको छैन । नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।