फाइल फोटो

राजनीति

मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रचण्डको भनाइ

By खबरहब

March 22, 2022

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा चाँडै हेरफेर हुन सक्ने बताएका छन् । आज धनुषाको जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना बढेको बताएका हुन्।

उनले मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीलले आफ्नो हैसियतअनुसारको भाग दाबी गर्ने बताए । यसका लागि प्रधानमन्त्रीसँग आफूले कुरा राखिसकेको प्रचण्डको भनाइ छ ।

उनले भने,‘माओवादी सबैलाई सहयोग गर्न मात्रै बनेको जस्तो भएर अब हुँदैन । जसलाई भन्यो उसैलाई प्रधानमन्त्री बनाउन पनि माओवादी नै चाहिँने तर अब मन्त्रिपरिषद् हेरफेर हुँदा हैसियत अनुसार चाहिन्छ ।’

प्रचण्डले लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने सम्भावनाबारे प्रधानमन्त्रीले आफूलाई जानकारी गराएको तर यसबारे गठबन्धनमा कुनै औपचारिक छलफल भने नभएको बताए ।