समाचार

थप ४४ जनामा कोरोना संक्रमण, एकको मृत्यु

By खबरहब

March 22, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २ हजार ६८८ जना सक्रिय संक्रमित रहेका छन् ।