तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

प्रभावशाली पाँच देशले रुसविरुद्ध दबाब बढाउने

By खबरहब

March 22, 2022

काठमाडौं- अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमाथि दबाब बढाउने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटालीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन ।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरुले युक्रेन सङ्कटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाब दिनु पर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ ।

उनीहरुले आ आफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयासलाई पनि निरन्तरता दिने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि सफलता हासिल गर्न सफल भएका छैनन् ।