समाचार

मुख्यमन्त्री राउत र बेलायती राजदूत पोलिटबीच भेट

By खबरहब

March 22, 2022

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

मंगलबार मधेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयमा राउत र पोलिटबीच भेट भएको हो ।

भेटका क्रममा बेलायत सरकारको सहयोगमा प्रदेशमा जारी योजना र आगामी रणनीतिबारे छलफल भएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।