मनोरञ्जन

एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले भनिन्- ओलीको इनर्जी देखेर ताज्जुबै लाग्छ (भिडियो)

By खबरहब

March 22, 2022

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको इनर्जी देखेर ताज्जुबै लाग्ने बताएकी छिन् । मंगलबार आयोजित कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै मानन्धरले एमाले प्रवेश गर्नुको कारण अध्यक्ष ओलीको इनर्जी र प्रेरणा भएको बताएकी हुन्।

केही समय बाबुराम भट्टराईको नयाँ शक्तिमा रहेकी अभिनेत्री करिष्माले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताइन् ।

एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनिन्, ‘एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै हो’, ६ महिनाको अन्तरालमा मैंले उहाँलाई २ पटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो।’

एमालेले मुलुकको वास्तविक एजेन्डा बोकेको भन्दै मानन्धरले प्रतिपक्षमा रहे पनि देशहितमा पहिलो पार्टी भएको समेत बताइन् ।

त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उनको भनाइ छ ।