फाइल तस्वीर- ओबीआई

अन्तर्राष्ट्रिय

कराँचीमा साम्प्रदायिक हिंसा भड्किने चिन्ता

By खबरहब

March 22, 2022

काठमाडौं– स्थानीय प्रभावशली शिया नेताको हत्या भएपछि कराँचीमा पुनः साम्प्रदायिक हिंसा मच्चिने भन्दै चिन्ता व्यक्त गरेको छ ।

कराँचीको अन्चोली क्षेत्रमा शिया नेता सइद सलमान हैदर रिज्वीको गोली हानी हत्या भएपछि प्रहरीले साम्प्रदायिक हिंसा मच्चिने चिन्ता व्यक्त गरेको हो ।

उनी पश्बन ए अजा नामक संगठनका पूर्व महासचिव एवम् मस्जिद खैर उल अमलका पूर्व अध्यक्ष समेत थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन समाचारपत्रका अनुसार साम्प्रदायिक कारणले गर्दा उनको हत्या भएको आशंका गर्दै घटनाले हिंसात्मक रुप लिने प्रहरीको चिन्ता छ ।

डनसँग कुरा गर्दै प्रतिआतंकवाद विभागका अधिकारी राजा उमर खत्तबले यस्तो चिन्ता जाहेर गरेका हुन् ।