समाचार

याक एण्ड यति र ह्यात होटलका सञ्चालक सराफको निधन

By खबरहब

March 22, 2022

काठमाडौँ– फाइभ स्टार होटलहरू ह्यात र याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफको ९२ वर्षको उमेरमा निधन भएको छ ।

सराफको भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो ।

सराफको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

सराफले सन् १९७७ मा आफ्नो पहिलो होटल याक एन्ड यति स्थापना गरेका थिए । त्यस्तै, उनले सन् १९९७ मा ह्यात रिजेन्सी होटल स्थापना गरेका थिए ।