अन्तर्राष्ट्रिय

‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध

By खबरहब

April 22, 2022

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ ।

बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरुलाई बिगारेको’ भन्दै टिकटक र पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरुमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

यद्यपि यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही खुलाइएको छैन ।गत वर्षको अगष्ट महिनामा सत्ता हत्याएयता तालिबानले पहिलो पटक यस्तो एपहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटीमाझ पब्जी र टिकटक अत्यन्त लोकप्रिय बन्दै गएको जनाइएको छ ।