देश/प्रदेश

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित

By खबरहब

May 22, 2022

कैलाली – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै हमाल विजयी भएका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए। हमालले २६ हजार ८ सय ६५ मत ल्याए ।

उपमेयरमा १५ हजार चार सय ७९ मत ल्याएर नेकपा एमालेकी कन्दकला रानाले जितिन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।