देश/प्रदेश

८ उपमहानरको नतिजा सार्वजनिक : कहाँ कुन पार्टीले जित्यो ? 

By खबरहब

May 22, 2022

काठमाडौँ – देशभरका ११ मध्य हालसम्म ८ उपमहानगरको अन्तिम परिणाम आएको छ ।

जसमध्ये नेपाली कांग्रेस ३, नेकपा एमाले २ तथा माओवादी र एकीकृत समाजवादीले एक-एक सिट जित्दा स्वतन्त्र एक ठाउँमा विजयी भएको छ ।

कांग्रेसबाट इटहरी उपमहानगरमा कांग्रेसका हेमकर्ण पौडेल विजय भएसँगै कांग्रेसले तीन उपमहानगरमा बाजी मारेको हो । यसअघि नेपालगञ्जमा प्रशान्त विष्ट र बुटवलमा खेलराज पाण्डे विजयी भएका थिए।

एमालेबाट घोराही मेयरमा नरुलाल चौधरी र कलैया मेयरमा विनोद प्रसाद साह निर्वाचित भएका छन् । माओवादीबाट राजन पौडेलले जीतपुरसिमरामा र हेटौंडामा एकीकृत समाजवादीकी मीनाकुमार लामा मेयरमा विजयी भए।

त्यसैगरी धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । नतिजा आउँन बाँकी तीन उपमहानगरमध्ये धरान र जनकपुरधाममा पनि स्वतन्त्र उम्मेदवारकै अग्रता छ भने तुल्सीपुरमा एमालेको अग्रता देखिएको छ।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईलाई पछि पार्दा जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी एमालेका शिवशंकर शाहभन्दा अगाडि छन् ।

तुलसीपुरमा एमालेका उम्मेदवार टिकाराम खड्कालाई गठबन्धनका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।