देश/प्रदेश

वीरगञ्ज महानगरमा राजेशमानको अग्रता कायमै

By खबरहब

May 22, 2022

पर्सा – वीरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा एमालेका विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन्।

महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।