देश/प्रदेश

बाराको महागढीमाई नगरपालिकामा पुनः कांग्रेस विजयी

By खबरहब

May 22, 2022

बारा – बाराको महागढीमाई नगरपालिकाको मेयरमा पुनः नेपाली कांग्रेसले जित हात परेको छ ।

२०७४ को स्थानीय निर्वाचनमा विजयी भएका नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) र तारादेवी कानु  पुनः विजयी भएका छन् ।

यादवले १ हजार २ सय ९४ मतको फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । निवर्तमान मेयरसमेत रहेका यादवले ८ हजार ६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रामबाबु यादवले ७ हजार ३७६ मत ल्याएका छन्।

उपमेयरमा पुनः दोहोरिएकी तारादेवी कानुले ७ हजार ९९७ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुष्पाञ्जली देवीले ७ हजार १० मत पाइन् । कानुले निकटतम प्रतिद्वन्द्वी एमालेकी देवी भन्दा ९ सय ८७ मत बढी प्राप्त गरेर विजयी भएकी हुन् ।

स्थानीय तह निर्वाचन- २०७९ को सम्पूर्ण जानकारीका लागि खबरहबको अन्तरक्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् –