बूढीगङ्गामा पुन: मतदान कि मतगणना

By खबरहब

May 22, 2022

बाजुरा – जिल्लाका ८ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ ।

नेकपा एमालेले वडा नं ४ र ७ मा पनि मतगणना हुनुपर्ने अडान लिएको छ । एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित हुँदा मतदातामा निराशा छाएको छ ।

वैशाख ३१ गते मुख्य निर्वाचन अधिकृतलाई पालिकाका निर्वाचन अधिकृत कृष्ण सापकोटाले राजीनामा बुझाएका थिए । धाँधली भएका वडामा कांग्रेसले पुनः मतदान गर्न माग गरिरहेको र एमाले मतगणना गर्न माग राख्दै आएको जनाइएको छ ।