बलिउड/हलिउड

केजीएफ निर्देशकको फिल्ममा जुनिएर एन्टीआर

By खबरहब

May 22, 2022

काठमाडौँ– कन्नडा फिल्मलाई चिनाउने फिल्म बन्यो  ‘केजीएफ’ । फिल्मका हिरो यश मात्र स्टार बनेनन् निर्देशक प्रशान्त नीलको पनि उत्तिकै चर्चा छ ।

यद्यपि प्रशान्तको चर्चा भने केजीएफको सिक्वेल प्रदर्शनमा आएपछि बढेको हो । केजीएफको सफलता पश्चात बढेको हाइपलाई बक्सअफिसमा परिणत गर्न निर्देशक प्रशान्त सफल रहेपछि उनलाई फिल्मको अफर दिनेहरू बढेका छन् । निर्देशक प्रशान्तले फिल्मलाई दर्शकको अपेक्षा अनुसार नै बढाउन सफल भएका छन् । यसैले गर्दा पनि प्रशान्तको फिल्म प्रतीक्षित बनिरहेका छन् । उनको नेक्स्ट फिल्म  ‘सलार’ को हाइप झनै बढ्दो छ । छायांकनमा व्यस्त रहेका निर्देशक प्रशान्तले जुनिएर एन्टीआरसँग फिल्म गर्ने भएका छन् ।

जुनिएर एन्टीआरले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को कारण प्रशान्तलाई प्रोजेक्ट ढिलाई गर्न आग्रह गरेका थिए । जुनीएर एन्टीआर अभिनीत ३१ औँ फिल्मलाई प्रशान्तले निर्देशन गर्नेछन् । फिल्म केजीएफ र सलार झैँ डार्क एक्सन हुनेछ । प्रशान्त डार्क एक्सन फिल्म बनाउन माहिर छन् । फिल्ममा कमल हसनलाई समेत अफर गरिएको छ । एन्टागोनिस्ट क्यारेक्टरको लागि गरिएको अफरका कारण कमलले प्रतिक्रिया दिइसकेका छैनन् । यद्यपि अहिलेको समयमा उनले प्रशान्त जस्तो निर्देशकलाई नो भन्ने अवस्था पनि छैन ।

 भारतीय मिडियाका अनुसार प्रशान्तले यो फिल्म निर्देशनको लागि ५० करोडको पारिश्रमिक लिएका छन् ।