मनोरञ्जन

मडोनालाई इन्स्टा लाइभमा प्रतिबन्ध

By खबरहब

May 22, 2022

काठमाडौँ– विश्व चर्चित पप गायिका मडोनालाई इन्स्टाग्रामले लाइभ जानबाट रोक लगाएको छ ।

इन्स्टामा सेयर गरेका फोटोका कारण यस्तो परिस्थिति उत्पन्न भएको हुनसक्ने मडोना स्वयंले जनाएकी छिन् । उनले इन्स्टाग्रामले आफूलाई लाइभ जान खोज्दा कम्युनिटी गाइडलाइन नमानेको भन्दै लाइभ गर्न नदिएको बताएकी हुन् । यसबाट आफू स्तब्ध भएको उनको कथन छ । इन्स्टाले यहाँ अरु पनि मानिस हुने र अरुको उपस्थितिको सम्मान गर्नका लागि पनि इन्स्टाको गाइडलाइन अनुसरण गर्न सन्देश पठाएको पनि उनले स्मरण गरेकी छिन् । 

‘मैँले कहिले पनि धेरै लुगा लगाउने गरेकी छैन । म के भनुँ, शब्दै छैन,’ मडोनाले इन्स्टा भिडियोमा भनेकी छिन् । इन्स्टाले पहिले पनि मडोनालाई नांगो फोटो राखेको तथा निप्पल देखिएको फोटो राखेको भन्दै फोटो हटाइदिएको थियो ।