समाचार

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

By खबरहब

May 22, 2022

जुम्ला– जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको  एम्बुलेन्स  दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा  तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी जलबिरे ऐडी बिरामी भई सदरमुकाम ल्याउँदै गर्दा दुर्घटना भएको हो  ।

 प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।