देश/प्रदेश

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

By खबरहब

May 22, 2022

काठमाडौँ– नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन । त्यस्तै थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ७५ जना निको भएका छन् । 

हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।