राजनीति

नीति तथा कार्यक्रमबारे बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल

By खबरहब

May 22, 2022

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच सरकारको नीति तथा कार्यक्रमको बारेमा छलफल भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रमका विषयमा छलफल भएको हो । स्थानीय निर्वाचनको समीक्षा तथा सरकारका नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। 

त्यसक्रममा सत्ता घटक दलका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रममा छुटाउन नुहने विषयहरू समेट्न सुझाव दिएको बालुवाटार स्रोतले बतायो । 

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १० गते संसद् बैठकमा पेश गर्दैछ ।