खेलकुद

रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 

By खबरहब

May 22, 2022

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् । आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइगर ।’

यस अघि शनिबार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो ।

सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र आठ गोलका लागि अशिष्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए ।

इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो । सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए । स्रोतका अनुसार ३० वर्षे रोहितले तीन वर्षको सम्झौता गरेका छन् । हाल भने रोहित नेपालमै रहेका छन् । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण रोहित टिम बाहिर छन् ।