सांकेतिक तस्वीर ।

देश/प्रदेश

मामाघर जाने क्रममा ढुङ्गाले लागेर एक बालकको मृत्यु

By खबरहब

May 22, 2022

जाजरकोट- बारेकोट गाउँपालिका–९ सक्लामा ढुङ्गाले लागेर आज एक बालकको मृत्यु भएको छ ।

बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिए।

महरका अनुसार रोपाछरास्थित भीरमा बाख्राले खसालेको ढुङ्गा लागेर रोहितको मृत्यु भएको हो ।