फाइल फोटो

समाचार

हावाहुरीसहित परेको असिना पानीले केरा खेतीमा क्षति 

By खबरहब

May 22, 2022

बुटवल- शनिबार र राति आएको आएको हावा हुरी सहितको असिना पानीले कपिलवस्तुका विभिन्न ठाउँमा कृषकले लगाएको केरा खेतीमा ठुलो क्षति पुर्‍याएको छ ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उतमनगरमा शंकर पाण्डेले लगाएको केरा खेतीमा पनि ठूलो क्षति पुर्‍याएको छ  भने लाखौँको नोक्सानी भएको छ । करिब १० कठ्ठा जमिनमा लगाएको  २ सय केराका घार भुईँमा ढलेका छन् ।

पसाईसकेका र भर्खर पसाउन लागेका केरामा क्षति पुगेको कृषक पाण्डेले बताए । एक घारमा केराको कोसाबाट १ हजार देखि १२ सय सम्म पर्ने गर्थ्यो तर सबै हावाले बोट सँगै फलमा असर परेको छ ।

करिब ३ लाख बराबरको मूल्यको क्षति भएको पाण्डेको भनाई छ । परम्परा गर्त खेती भन्दा व्यवसायी रूपमा गरिएको खेतीबाट राम्रो आम्दानी र छिटो सफलता हुने भएपछि पाण्डेले २ वर्ष देखि केरा खेती गर्दै आएको बताएका छन् ।