प्रतिकात्मक तस्वीर

आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ पुग्यो

By खबरहब

May 22, 2022

काठमाडौं : पछिल्लो समय लगातार बढिरहेको इन्धनको मूल्यवृद्धि फेरि आकाशिएको छ । आइतबार सरकारले इन्धनमा भारी रुपमा मूल्यवृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार अब एक लिटर प्रेट्रोलको मूल्य १८० रुपैयाँ पर्नेछ । यस्तै मटिट्तेल र डिजेलको मूल्य १६३ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ । अब एक सिलिण्डर ग्यासका लागि १८०० रुपैयाँ पर्ने आयल निगमले जनाएको छ ।

निगमले इन्धनको मूल्यवृद्धि गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।