आर्थिक

ग्यासको मूल्य २०० रुपैयाँ बढ्यो, प्रतिसिलिण्डर १८०० पुग्यो

By खबरहब

May 22, 2022

काठमाडौँ : सरकारले इन्धनको मूल्यवृद्धि गर्दा खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्दा ग्यासमा मात्रै प्रतिसिलिण्डर २०० रुपैयाँले मुल्यवृद्धि गरेको छ ।

निगमले प्रतिसिलिण्डर २०० रुपैयाँ बढाउँदा अब ग्यासको मूल्य १८०० रुपैँया पुगेको छ । यसअघि प्रतिसिलिण्डर १६०० रुपैयाँ मूल्य थियो । अब एकपटक ग्यास भर्दा उपभोक्ताले १८०० रुपैयाँ तिर्नुपर्नेछ ।

इन्धनमा सरकारले लगातार मूल्यवृद्धि गर्दा चुनावपछि भारी मात्रामा मूल्य बढाएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।