ब्रेकिङ स्टोरी

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, सिर्जना सिंहभन्दा स्थापित पछाडि

By खबरहब

May 22, 2022

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका बालेन्द्र साहले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार साहले ४१२७९ मत प्राप्त गरेका छन् । केही समयअघिसम्म दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापित अहिले भने तेस्रो स्थानमा झरेका छन् ।

केही समयअघिसम्म तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह अहिले भने दोस्रो स्थानमा उक्लेकी छिन् । उनले २३८५५ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेका स्थापितले भने २३०२४ मत प्राप्त गरेका छन् ।

यता उपमेयरतर्फ भने नेकपा (एमाले) की सुनिता डंगोलले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ३८३५१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का रामेश्‍वर श्रेष्ठले १३४३१ मत प्राप्त गरेका छन् ।

उपमेयर पदमा तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले भने ७०२३ मत प्राप्त गरेकी छिन् ।