राजनीति

अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री पत्नी डा. राणाबीच भेटवार्ता

By खबरहब

May 22, 2022

काठमाडौं– अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेस नेत्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् ।

उपविदेशमन्त्री जियाले आइतबार बिहान आरजुसँग भेटवार्ता गरेकी हुन् ।

भेटवार्तामा आरजुले महिला शशक्तीकरण, मानव अधिकार, खाद्य सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा छलफल गरेकी हुन् ।

आरजुले उज्रासँगको भेटवार्ताले आफू सम्मानित महसुस गरेको सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।

उज्राले शेरबहादुर देउवालाई भेटेलगत्तै आरजुलाई भेट गरेकी हुन् ।

शुक्रवार नेपाल भ्रमणमा आएकी उज्रा आइतवार साँझ अमेरिका फर्केकी छिन् । उनी भारत भ्रमण सकेर नेपाल आएकी थिइन् ।