ब्रेकिङ स्टोरी

भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै, विजय पौडेल झण्डै ९ हजार मतले पछाडि

By खबरहब

May 22, 2022

काठमाडौं– चितवनको भरतपुर महानगरमा मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई निरन्तरता दिइरहेकी छिन् । पछिल्लो मतपरिणामअनुसार उनले ३९८०८ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा (एमाले) का विजय सुवेदीले ३०९२६ मत प्राप्त गरेका छन् । यसअनुसार रेनु दाहालले आफ्नो अग्रतालाई ८८८२ मत पुर्‍याएकी छिन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १२९०५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४२०७४ मत ल्याउँदै आफ्नो अग्रतालाई निरन्तरता दिइरहेका छन् ।

त्यस्तै उपमेयर पदमा उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २४४८४ मत प्राप्त गरेकी छिन् ।