तस्वीर- ट्विटर/प्रिमियर लिग

खेलकुद

म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

By खबरहब

May 22, 2022

काठमाडौं- म्यान्चेस्टर सिटीले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा एस्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गर्दै सिटीले उपाधि उचालेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा म्याटी क्याशको गोलबाट एस्टन भिल्लाले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६९ औं मिनेटमा फिलिपे कोटिन्होले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–० पुर्‍याए ।

तर दोस्रो गोल खाएको सात मिनेटपछि सिटीका इल्काए गुन्डुवानले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–१ मा झारे । त्यस्तै, त्यसको दुई मिनेटपछि सिटीका रोड्रीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

तर खेलको ८१ औं मिनेटमा गुन्डुवानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।

यससँगै सिटीले समग्र ३८ खेलबाट ९३ अंक बटुल्दै यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो भएको लिभरपुलको भने सिटीको भन्दा एक अंक कम छ ।

त्यस्तै यो सिजन सिटी र लिभरपुलसँगै चेल्सी र टोटनह्यामले युएफा च्याम्पियनसिप खेल्ने भएका छन् । यता बर्नली, वाटफर्ड र नर्विच सिटी पुछारमा रहँदै रेलिगेसनमा परेका छन् ।