फाइल फोटो

समाचार

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

By खबरहब

June 22, 2022

काठमाडौँ – स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभावले देशका केही भूभागको मौसममा बदली भएको छ।

प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा भने मनसुनी वायुको सामान्य प्रभाव परेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार हाल कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।