सांकेतिक तस्बिर

देश/प्रदेश

 बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

By खबरहब

June 22, 2022

कञ्चनपुर– कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ झलारीकी ३० वर्षीया विमला देवी जोशीको मृत्यु भएको हो ।

जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो । बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।