तस्बिर: न्यायाधीश राजकुमार कोइरालाको फेसबुकबाट

मुख्य समाचार

घुस डिल प्रकरणमा न्यायाधीश कोइरालाले भने- म बाट कुनै अनुचित कार्य भएको छैन

By खबरहब

June 22, 2022

काठमाडौँ- घुसको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित कार्य नभएको बताएका छन्। उनले आफूमाथि न्याय परिषद्ले छानबिन गर्न पनि भनेका छन् ।

न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। म बाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु। म माथि न्याय परिषदबाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।’