अन्तर्राष्ट्रिय

अमेरिकी साइबर सुरक्षा कम्पनीद्वारा चिनियाँ ह्याकरहरुले चलाएको ‘अपरेसन कुकुबिज’ को भण्डाफोर

By खबरहब

June 22, 2022

काठमाडौँ– चिनियाँ ह्याकरहरुले ठूलो स्तरमा साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको खुलासा भएको छ ।

अमेरिकाको बोस्टन राज्यको मासाचुसेट्स सहरमा रहेको साइबररिजन नामक कम्पनीले चिनियाँ ह्याकरहरुले सञ्चालन गरेको ‘अपरेसन कुकुबिज’ नामक साइबर अभियानको खुलासा गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बौद्धिक सम्पत्ति चोरी गर्ने उद्देश्यबाट प्रेरित यस साइबर अभियानमा एपीटी ४१ भनिने विन्टिटी नामक चिनियाँ ह्याकिङ समूहको संलग्नता रहेको जनाइएको छ ।

यस साइबर अभियानमा संलग्न चिनियाँ ह्याकरहरुले अमेरिका, युरोप र एसियाली महादेशका रक्षा उद्योग, हवाई उद्योग, स्वास्थ्य एवम् औषधि प्रविधिजस्ता कम्पनीहरुलाई लक्षित गर्दै आएका थिए ।

साइबररिजनले १२ महिला लगाएर गरेको अध्ययनको प्रतिवेदनअनुसार यो समूहले रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुको बौद्धिक सम्पत्ति चोरी गर्दै आएका थिए ।

साइबररिजनका अनुसार सन् २०१९ बाट यस समूहले ह्याकिङ अभियान थालेको थियो ।