बलिउड/हलिउड

‘सर्वगुण सम्पन्न’ मा वाणीको फरक चरित्र 

By खबरहब

June 22, 2022

काठमाडौँ- बलिउडमा ‘शुद्ध देशी रोमान्स’ बाट भित्रिएकी एक्ट्रेस वाणी कपूरको करियर ठीकठाक छ । यशराज फिल्म्सकै भरमा बलिउडमा रहेकी वाणीले सफलता पाउन सकेकी छैनन् ।

उनी अभिनीत ब्लकबष्टर फिल्म ‘वार’ भएता पनि श्रेय उनलाई गएन । केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कूल फरक अवतारमा देखिँदैछिन् ।

उनले हालै सोसल कमेडी जनराको फिल्म ‘सर्वगुण सम्पन्न’ मा काम गर्ने सहमति दिएकी छिन् । म्याडडक फिल्मले निर्माण गर्ने फिल्म महिला केन्द्रित सन् ९० को दशकको कथा बोल्नेछ । जसमा वाणीले ‘पोर्न स्टार’को चरित्र निभाउँदै छिन् ।

भारतीय मिडियाका अनुसार उनले एक सानो ठाउँको लोकप्रिय पोर्न स्टार महिलाको भूमिकामा अभिनय गर्नेछिन् । फिल्ममा वाणी सङ्घर्षशील, बोल्ड र आफ्नो अस्तित्वका लागि लड्ने एक सशक्त महिला चरित्रमा देखिनेछिन् । फिल्ममा सोनाली रतनको डेब्यू निर्देशन रहनेछ ।