तस्वीर- एएनआई/पीआईबी

अन्तर्राष्ट्रिय

‘धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुल्यो’

By खबरहब

June 22, 2022

काठमाडौँ– भारतका सामाजिक न्याय तथा सशक्तिकरण राज्यमन्त्री रामदास आठवालेले संविधानको धारा ३७० खारेजीपछि जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०१९ मा संविधानको धारा ३७० खारेजीसँगै जम्मु कश्मीरमा विकासको ढोका खुलेको टिप्पणी गरेका हुन् ।

भारत सरकार जम्मु कश्मीरको विकास एवम् शान्तिको पक्षमा रहेको भन्दै उनले जम्मु कश्मीरका सबै क्षेत्रलाई विकसित बनाइने बताएको एएनआईले जनाएको छ ।

धारा ३७० खारेजीपछि भारत सरकारले सञ्चालन गरेका ‘प्रधानमन्त्री आवास योजना’, ‘जनधन योजना’, ‘मुद्रा’ लगायतका कार्यक्रमबाट जम्मु कश्मीरका मानिसहरु लाभान्वित भइरहेको समेत टिप्पणी गरे ।