समाचार

लेबनानी राष्ट्रपतिसँग शिष्टाचार भेट गरी प्रधानसेनापति प्रभुराम शर्मा सिरिया प्रस्थान

By खबरहब

June 22, 2022

काठमाडौँ- लेबनानको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेट गरेका छन् । गत असार ४ गतेबाट विदेश भ्रमणमा गएका प्रधानसेनापति शर्मा आजै लेबनानको पूर्वी छिमेकी सिरियातर्फ लागेका छन् ।

नेपाली सेनाले जनाएअनुसार उनले बुधबार राष्ट्रपति आउनसँग भेटवार्ता गरेका हुन् । शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसन युनिफिलको निरीक्षणका लागि उनी त्यहाँ पुगेका हुन् ।

पाँच दिने लेबनान भ्रमण सकेर उनी सिरियातर्फ लागेको नेपाली सेनाले जनाएको छ ।

उनले त्यहाँ सिरिया र इजरायलबीच रहेको विवादित भूमिमा तैनाथ राष्ट्रसंघीय मिसान युएनडीओएफको निरीक्षण गर्ने कार्यक्रम छ ।