फाइल फोटो

राजनीति

संसद्को कार्यसूचीबाट हटाइयो नागरिकताबाहेकका विषय

By खबरहब

July 22, 2022

काठमाडौँ- प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठककाे कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ ।

प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’ बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसूचीबाट हटाइएको हो ।

शुक्रबारकाे बैठककाे सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो ।

अहिले नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।