काठमाडौँ– नम्रता सापकोटा अभिनेत्रीको रुपमा सफल हुन् सकेकी छैनन् । उनले केही फिल्ममा राम्रो अभिनय गरेता पनि दर्शक माँझ राम्रो फ्यान फ्लोअर्स पाइनन् । यद्यपि उनी पछिल्लो समय भिडियोमा भने व्यस्त छिन् । उनलाई सानो पर्दामा दर्शकले रुचाएका छन् । यिनै नम्रताले हालै रिलिज भिडियो ‘काली’ को पत्रकार सम्मेलनमा नेगेटिभ रोल प्रतिको आकर्षण पोखिन् ।
‘मलाई सधैँ फरक गर्ने रहर हुन्छ । म आफूलाई नम्रता भन्दा पनि क्यारेक्टरको रुपमा चिनाउन चाहन्छु’ उनले भनिन् । उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफू एन्टागोनिस्ट बन्ने रहर भएको बताइन । ‘मलाई फरक भूमिका गर्ने मन छ । म नेगेटिभ क्यारेक्टर प्ले गर्न लालायित छु’ उनले भनिन् । नम्रताले आफूलाई फिल्ममा खलनायिकाको रुपमा कास्ट गर्न ग्रीन सिग्नल दिइन् ।
फिल्ममा आफूले सधैँ केही फरक गर्न चाहने भन्दै उनले अब खलनायिकाको रुपमा अफर आएको खण्डमा स्वीकार गर्ने तर्क गरिन् ।