फाइल फोटो

प्रवास

विदेशमा अलपत्र नेपालीको शव ल्याउने पहल भइरहेको छ : श्रममन्त्री कुँवर

By खबरहब

July 22, 2022

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा अलपत्र परेका नेपालीहरूको शवलाई नेपाल ल्याउने पहल भइरहेको बताएका छन्।

शुक्रबार चन्द्रलोक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरू विषय कार्यक्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा गएका नेपालीहरूको शव विदेशमा अलपत्र परिरहेको भन्दै ऐन कानून बनाएर बनाएर भए पनि नेपाल ल्याउने पहल भइरहेको बताएका हुन् ।

ऐन कानून नभए पनि मानव संवेदनशीलताका हिसाबले राज्यले शव ल्याउने उनको भनाइ छ । त्यस्तै उनले विदेश जाने श्रमिकहरूलाई ठगी हुनबाट रोकिने स्पष्ट पारे। सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदै वैदेशिक रोजगारमा गएका व्यक्तिलाई पनि समावेश गराउने सोच सरकारको रहेको उनले बताए । उनले विदेशबाट श्रम र सिप सिकेर आएकालाई स्वदेशमा परिचालन गर्ने र उनीहरूको पुँजी लगानी गर्ने वातावरण बनाउन सरकारले पहल गरिरहेको पनि बताए।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।