तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता नगरेपछि चीनमा प्रदर्शन

By खबरहब

July 22, 2022

काठमाडौँ– चीनमा बैंकहरुले निक्षेपकर्ताहरुको पैसा फिर्ता नदिएसँगै व्यापक आक्रोश बढ्न थालेको छ ।

चीनको हेनान प्रान्तमा चारवटा स्थानीय ग्रामीण बैंकहरुले निक्षेपकर्ताको पैसा फिर्ता दिन आलटाल गरेसँगै हजारौँ प्रदर्शनकारी प्रान्तीय राजधानी झेङजोउको सडकमा उत्रेका हुन् ।

ती बैंकहरुले गत अप्रिल महिनायता निक्षेपकर्ताको दशौँ लाख अमेरिकी डलर बराबरको रकम रोक्का गरेको जनाइएको छ । यसबाट हजारौ मानिसहरु प्रभावित भएका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ बैंकहरुको यस्तो कदमपछि प्रदर्शनमा उत्रेका निक्षेपकर्तालाई तितरबितर बनाउन चिनियाँ प्रहरीले बल प्रयोग गरेका थिए ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार प्रदर्शनकारीको मागबारे चिनियाँ अधिकारीहरुले कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पछिल्लो प्रदर्शनलाई चीनमा केही दशक यताकै सबैभन्दा ठूलो प्रदर्शनका रुपमा लिइएको छ ।