फाइल फोटो

ब्रेकिङ स्टोरी

न्यायालयमै कांग्रेस छन् : ओली

By खबरहब

July 22, 2022

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका एम अधिकारीबारे धेरै खोजी नगर्न आग्रह गरेका छन् । उनले राज्यका विभिन्न निकायमा नेपाली कांग्रेसका समर्थक पनि रहेको भन्दै एम अधिकारी नखोज्न आग्रह गरेका हुन् ।

एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको कार्यक्रममा ओलीले आफ्नो दलले एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी होइन भने पनि कांग्रेसले खोजिरहेको बताए ।

‘नेकपा एमालेले भनिरहेको छ । खोटाङको एम अधिकारी कि के जाति खोज्या खोज्यै छ कांग्रेस, सबैतिर कांग्रेस छन् नि, न्यायालयमा कांग्रेस छन् ।’ उनले भने ।