फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

हक्कानी सञ्जालका वरिष्ठ कमाण्डर पाकिस्तानी तालिबानमा आबद्ध

By खबरहब

July 22, 2022

काठमाडौँ– अफगानिस्तानको शासन चलाइरहेको तालिबानको सबैभन्दा उग्र घटक हक्कानी सञ्जालका एकजना वरिष्ठ कमाण्डर छिमेकी मुलुक पाकिस्तानमा सक्रिय अर्को तालिबान खेमा तहरिक ए तालिबान पाकिस्तानसँग आबद्ध हुने पुगेका छन् ।

पाकिस्तानी सञ्चारमाध्यमले अनुसार हक्कानी सञ्जालका वरिष्ठ कमाण्डर टिपु गुल पाकिस्तानी तालिबानमा आबद्ध भएको जनाएका हुन् ।

दक्षिण एसियामा सञ्चारमाध्यमबारे अध्ययन गरिरहेको साउथ एसियन मिडिया रिसर्च इन्स्टिच्युट (साम्री) ले सामाजिक सञ्जाल ट्विटरमा सन्देश जारी गर्दै टिपु गुल पाकिस्तानी तालिबानसँग आबद्ध हुन पुगेको जानकारी दिएको छ ।

पाकिस्तानी सैनिक संस्थापनसँग अफगानिस्तानमा सक्रिय हक्कानी सञ्जालको नजिकैको सम्बन्ध रहेको विश्वास गरिन्छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानको गुप्तचर निकाय आईएसआईले हक्कानी सञ्जाललाई अफगानिस्तानमा आफ्नो रणनीतिक साधनका रुपमा प्रयोग गर्दै आएको छ ।

यसबाहेक हक्कानी सञ्जाल पाकिस्तान र अफगानिस्तानमा पछिल्ला केही वर्षहरुमा हुँदै आएका आत्मघाती हमलाहरुका लागि जिम्मेवार रहेको ठानिन्छ ।