फाइल तस्वीर- एनआई

अन्तर्राष्ट्रिय

विदेशी कम्पनीलाई खानी उत्खननको ठेक्का दिइएपछि पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा प्रदर्शन

By खबरहब

July 22, 2022

काठमाडौँ– सरकारले विदेशी कम्पनीलाई खानी उत्खननको ठेक्का दिएपछि पाकिस्तान प्रशासित कश्मीरको गिल्गिट बाल्टिस्तानका स्थानीयहरु आन्दोलित भएका छन् ।

गिल्गिट बाल्टिस्तानको नासिरावाद हुन्जा क्षेत्रका स्थानीयहरुले सरकारी कदमको विरोधस्वरुप काराकोरम राजमार्गका अवरुद्ध पारेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

डनका अनुसार स्थानीय संशाधनको स्वामित्व स्थानीयहरुसँग नै हुनुपर्ने माग गर्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।

पाकिस्तानको खानी विभागले विदेशी लगानीकर्ताहरुसँग साँठगाँठ गरी खानी एवम् अन्य स्थानीय संशाधन विदेशी कम्पनीको जिम्मा लगाएको समेत प्रदर्शनकारीको आरोप छ ।

‘हामी यहाँका नदी, बाँधजस्ता स्रोतमा स्वामित्व चाहन्छौँ तर उनहिरु यहाँबाट उत्पादित विद्युत पाकिस्तानतर्फ आपूर्ति गरिरहेका छन् ।’ पाकिस्तानमा कश्मीरी अधिकारका अभियन्ता नासिर अजिज खानले भने ।