फाइल तस्बिर

समाचार

आजको मौसम : यी चार प्रदेशमा हुँदैछ वर्षा

By खबरहब

August 22, 2022

काठमाडौँ – मनसुनको न्यून चापीय रेखाका कारण देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि दिउँसोदेखि रातिसम्म प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहनेछ।

पर्सि (बुधबार) पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।