अन्तर्राष्ट्रिय

गाँजाबाट आर्थिक समृद्धि

By मनोज घिमिरे

August 22, 2022

दक्षिण अफ्रिकामा गाँजालाई औषधि उपचारको रूपमा प्रयोग गर्न कानुनी मान्यता दिइएको छ। धेरैलाई लाग्नसक्छ, सरकारको यो निर्णयसँगै गाँजाको उत्पादन बढेको हो। त्यसो पक्कै होइन। वर्षौँदेखि दक्षिण अफ्रिकाका धेरै स्थानमा गाँजा खेती हुने गरेको थियो। त्यो खेतीलाई सरकारको चासो दिएर हेरेको भने थिएन। अहिले सरकारले कानुनी रूपले गाँजा उत्पादनलाई प्रेरित नै गरेको छ। यसलाई बढी व्यावसायिक र अन्तर्राष्ट्रिय बजारमा पकड जमाउन एउटा नीति नै लिएको छ।

दक्षिण अफ्रिकाको पूर्वमा केप प्रान्तको उपथादेखि डिकिडिनक गाउँसम्म जाने बाटाको छेउमा छरिएका घरहरू छन्। बाटोमा जुनसुकै समय हुरी चल्ने गरेको छ। दायाँबायाँ हेर्दा हरियो घाँसहरू देखिने गरेका छन्। त्यो घाँसबाट आउने गन्धले पहिलो पटक त्यो बाटोको यात्रा गर्नेका लागि सहन पनि कठिन हुन सक्छ।

उत्तरी केपको पोन्डोल्यान्ड लगायत स्थानमा धेरै पहिलेदेखि गाँजा मुख्य बाली थियो। त्यहाँ आम्दानीको एउटा प्रमुख स्रोत नै गाँजा बनेको छ। खोलाको किनारमा पनि एउटा बस्ती छ । त्यो बस्तीमा अहिले सिजनमा पुग्दा नेपालका धान काट्ने समय जस्तै गाँजा काट्नमा मानिस व्यस्त छन्। हाँसो मजाक गर्दै गाँजा काट्ने र दिनभर त्यसलाई खेतको गरामा सुकाउने उनीहरूको दिनचर्या बनेको छ। कानुनी प्रक्रिया पुरा गर्ने कठिनाइले उनीहरू यसलाई व्यवस्थित गर्न छाडेर घरेलु उत्पादन गर्न व्यस्त छन्।

त्यहाँको प्रान्तीय सरकारले अहिले गाँजा खेतीमार्फत् आफ्ना सबै नागरिक अर्ब पति बन्ने सम्भावना देख्न थालेको छ। संसारमै औषधि उपचारको क्षेत्रमा आवश्यक पर्ने गाँजाको निर्यात त्यहाँबाट गर्ने योजना राखेको प्रदेश सरकारले तत्काल थप १ लाख ३० हजार जनाको लागि रोजगारीको क्षेत्र पनि सिर्जना गर्ने योजना बुनेको छ।

सरकारले नयाँ उद्योगकै अवधारणा पनि ल्याएको छ। त्यहाँका धेरै कुरा अनिश्चित नै छन्। तर, सबैभन्दा प्रबल सम्भावना औषधि उत्पादनका लक्ष्य साथ योजना अगाडि ल्याइने छ। एउटा निश्चित क्षेत्र तय गरेर गाँजाको खेती गर्ने वातावरण सरकारले ल्याउन सक्ने छ।

यसलाई व्यावसायिक गर्ने क्रममा सरकारले नै एउटा मूल्य निर्धारण गर्ने तथा मूल्य समायोजन गरेर नै निर्यात गर्ने नीति लिएको हो।‘सरकारले नै सबै नागरिकले यो उत्पादन गर्न सक्ने र आवश्यक भएको समयमा आफै पनि उपयोग गर्न सक्ने गरी कानुनको निर्माण गर्न आवश्यक छ।’ त्यहाँका एक सरकारी अधिकारीले भने। यस अगाडि त्यस क्षेत्रमा धनीका लागि मात्र यो अवसर दिइने गरिएको थियो।

त्यहाँको समुदायले उत्पादन गरेको गाँजाले विश्व बजारमा राम्रो प्रभाव जमाओस् भन्नका खातिर सरकाले नै सहयोग गर्ने भएको छ। गाँजा खेतीकै कारण त्यहाँका गरिब पनि विस्तारै धनी बन्ने सम्भावना प्रबल भएको छ। गत वर्ष सरकारले नै गाँजा खेतीको मास्टर प्लानको नीति लिएको थियो। घरेलु तहमै दुई अर्ब अमेरिकी डलर बराबरको उत्पादन गर्ने गरेको गाँजा खेती छायामा परेको थियो।

यस अगाडी निजी धनाढ्य व्यक्तिका सोखका लागि गाँजा मुख्य रूपमा उत्पादन भए पनि यसलाई उद्योगको रूपमा विकास गर्ने तथा आफ्नै घरमा उत्पादन गर्ने सोचका साथ गत आर्थिक वर्षदेखि नै त्यहाँको सरकारले नीति बनाएको थियो। सरकारले नयाँ उद्योगकै अवधारणा पनि ल्याएको छ। त्यहाँका धेरै कुरा अनिश्चित नै छन्। तर, सबैभन्दा प्रबल सम्भावना औषधि उत्पादनका लक्ष्य साथ योजना अगाडि ल्याइने छ। एउटा निश्चित क्षेत्र तय गरेर गाँजाको खेती गर्ने वातावरण सरकारले ल्याउन सक्ने छ।

गाँजाका बारे विभिन्न सोच अगाडि आएको छ। कसैले यसलाई सर्वत्र उत्पादन गर्न सुरु गर्दा सामाजिक रूपले खराब वातावरणको सिर्जना हुने आवाज उठाएका छन्। कतिपयले देशको आर्थिक उन्नतिका लागि यो सबैभन्दा उपयुक्त बाटो भएको तर्क पनि गर्न थालेका छन्। गाँजा र भाङजन्य पदार्थ व्यक्तिगत प्रायोजनका लागि खरिद बिक्री गर्ने काम भने अझै अवैध मानिएको छ। कानुनले मान्यता नदिए पनि खरिद बिक्री गर्नेका सामु सरकारी अधिकारीले आँखा चिम्लने गरेका छन्। त्यहाँ निजी संस्थाले औषधिका लागि उत्पादन गर्ने भए पनि अन्य विक्री गर्न भने बैध मानिएको छ।

ग्लोबल क्यानबीस रिपोर्टका अनुसार औषधि उपचार तथा वयस्कको प्रयोग दुवै जोड्ने हो भने सन् २०२१ मा ३७.४ बिलियन अमेरिकी डलरको विक्री वितरण भएको थियो। सन् २०२६ सम्ममा यो बढेर १०५ बिलियन डलरसम्म हुनसक्ने छ।

औषधिकै रूपमा गाँजाको व्यापक बिक्री वितरण गरेर बजारमा प्रभाव जमाउन पछिल्लो समयबाट अफ्रिकन ग्रुपले प्रयास गरिरहेको छ। लबाटका निर्देशक हार्सेल मासडर्प युरोप र अफ्रिका दुवै स्थानमा अहिले यसको उत्पादनका लागि प्रयास भइरहेको बताउँछन्। यसले फ्रन्कफर्टलाई आफ्नो मुख्य बजारको केन्द्र बनाउँदै छ। औषधिको रूपमा गाँजाको बिक्री हुने जर्मनी सबैभन्दा ठूलो बजार हो। त्यो कम्पनीको चासो हुने अन्य कारण पनि छन्। युरोपको बजारमा धेरै सम्भावना देखिन्छ। यसका साथै केन्या, जाम्बीया, र त्यहीबाट रुवान्डा, तान्जानीया र जिम्बाबेमा समेत बजार विस्तृत गर्ने सो कम्पनीको लक्ष्य छ।

लण्डनमा रहेको एक औद्योगिक विश्लेषण निकायले सन् २०२३ मा अफ्रिकाको सबै भन्दा बढी उत्पादन गर्ने नाइजेरिया हुने छ। नाइजेरियापछि मात्र दक्षिण अफ्रिकामा गाँजा उत्पादन हुने भएको छ। यसैगरी, मोरक्को, लेसेथो र जिम्बाबेले उत्पादन गर्ने गरेका छन्। ग्लोबल क्यानबीस रिपोर्टका अनुसार औषधि उपचार तथा वयस्कको प्रयोग दुवै जोड्ने हो भने सन् २०२१ मा ३७.४ बिलियन अमेरिकी डलरको विक्री वितरण भएको थियो। सन् २०२६ सम्ममा यो बढेर १०५ बिलियन डलरसम्म हुनसक्ने छ।

दक्षिण अफ्रिकाको स्थिर आर्थिक वृद्धि दर र बेरोजगारीको समस्याको माझमा गाँजा उद्योगको रूपमा विकास भएमा यसले त्यहाँको समस्या समाधान गर्नसक्ने अनुमान पनि गरिएको छ। यसै कारण पूर्वी केपमा रहेकाहरू औषधि उत्पादनका लागि मात्र होइन सबैका लागि लाइसेन्सको चाहना गरेका छन्। गाँजाको कानुनी प्रक्रिया अप्ठेरो महसुस भएका कारण वर्षौँदेखि उत्पादन गरेका केहीले भने उत्पादन गर्न छाडेका छन्। यसका बाबजुद पोन्डाल्यान्ड क्षेत्रलाई दक्षिण अफ्रिकाभर गाँजा उत्पादन गर्ने क्षेत्रको रूपमा चिनिएको छ।त्यहाँको कानुनी परिवर्तनले त्यहाँका कृषकले जो कोहीलाई पनि खुलस्त बेच्न सक्ने भएका कारण कालोबजारीसमेत नियन्त्रण हुनसक्ने त्यहाँको मत छ।

अहिले गाँजा र भाङजन्य पदार्थको तेलको मूल्य बजारमा बढ्दो छ। ब्युटी स्कीप प्रडक्टमा पनि यसको व्यापक प्रयोग हुन्छ। पेय पदार्थमा पनि यसको त्यत्तिकै प्रयोग हुने गरेको छ। रक्सीरहित नशालु पेय पदार्थ बनाउन यसको प्रयोग हुन्छ।

त्यहाँका सामान्य कृषकलाई अझै पनि थुप्रै अप्ठेरो छ। दक्षिण अफ्रिकी हेल्थ प्रोडक्ट रेगुलरीटी अथोरिटी साहप्रले लाइसेन्सका लागि १ हजार ४ सय १५ अमेरिकी डलर शुल्क राखेको छ। औषधि उपचारका लागि उत्पादित गाँजाका लागि निश्चित मापदण्ड तयार गर्नुपर्छ। उत्पादन क्षेत्रमा ती सबै मापदण्डसहित पुरा गर्नका लागि १ लाख ८२ हजारदेखि ३ लाख ४ हजार अमेरिकी डलरसम्म शुल्क लाग्न सक्ने छ। यसका बाबजुद त्यस क्षेत्रका कृषकका लागि केही सुखद समाचार छन्। पोन्डोलान्ड र लान्ड्रेसमा उत्पादन हुने गाँजा स्तन क्यान्सरको बिरामीका लागि उपयोगी भएको पुष्टि भएको छ।

काउन्सिल फर साइन्टीफीक एन्ड इन्डस्ट्रीयल रिसर्च (सिएसआईआर) का वैज्ञानिक गाँजाको यो स्ट्रेन उपचारका लागि कत्ति उपयोगी भनेर थप अध्ययन गरिरहेका छन्। यसको थुप्रै अध्ययन बाँकी छ। तर, पोल्डोल्यान्ड स्ट्रेन उपचारका लागि उपयोगी पाइएमा यो मेडिकल साइन्सकै क्षेत्रमा एउटा गेम चेन्जर हुनेछ। त्यत्ति मात्र होइन, ग्रामीण भेगमा वर्षौँदेखि गाँजा उत्पादन गरेर। जीवन यापन गर्ने एउटा समुदायको जीवनमा पनि यसले कायापलट गर्नेछ।

अहिले गाँजा र भाङजन्य पदार्थको तेलको मूल्य बजारमा बढ्दो छ। ब्युटी स्कीप प्रडक्टमा पनि यसको व्यापक प्रयोग हुन्छ। पेय पदार्थमा पनि यसको त्यत्तिकै प्रयोग हुने गरेको छ। रक्सीरहित नशालु पेय पदार्थ बनाउन यसको प्रयोग हुन्छ।

यो गाँजाको सही उपयोग गर्दै दक्षिण अफ्रिकाको पोन्डाल्यान्ड लगायत स्थानका बासिन्दाको जीवनस्तर कायापलट त हुने नै छ। यो सम्भावना संसारमा अन्य देशमा पनि छ। स्रोतः बीबीसी, द स्ट्रिट डटकम