फाइल फोटो

राजनीति

प्रदीप गिरिको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्दै

By खबरहब

August 22, 2022

काठमाडौँ – सांसद प्रदीप गिरिको निधनमा आज प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गर्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

नेपाली कांग्रेसका नेतासमेत रहेका गिरिको शनिबार राति काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।