मुख्य समाचार

नेपाल र बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर

By खबरहब

August 22, 2022

काठमाडौँ- नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

 श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारी पत्रमा हस्ताक्षर गरिन्।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरूले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।