रोजगार

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त

By खबरहब

August 22, 2022

काठमाडौँ- वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनीलगायत ३ जनालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस समितिले कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो ।

गत जेठ २० गते सिफारिस समितिले कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरेको थियो । जसमा ७ जनाले आवेदन दिएका थिए ।

डा. उप्रेतीले बोर्डको ४ बर्षे कार्यकाल सम्हाल्नेछन् ।