बैंक/वित्त

सांग्रिला बैंकको प्रमुख कार्यकारीमा श्रेष्ठको पुन: नियुक्ति 

By खबरहब

August 22, 2022

काठमाडौँ– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृतमा सुयोग श्रेष्ठलाई पुनः नियुक्ति गरिएको छ ।

हिजो बसेको सञ्चालक समितिको २९८ औं बैठकले उक्त सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत अधिकृत श्रेष्ठको कार्यकाल यही भदौ १९ गतेदेखि लागू  हुने गरी ४ वर्षका लागि पुनः नियुक्ति गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

सांग्रिला बैंकको देशभर ११२ शाखा कार्यालयहरू, ३१ एटिएम मेसिन रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई उक्त बैंकले पालना गर्दै आएको छ ।