तस्वीर- एएनआई

क्रिकेट

कश्मीरमा फरक क्षमता भएकाहरुको क्रिकेट प्रतियोगता आयोजना

By खबरहब

August 22, 2022

काठमाडौँ– भारत प्रशासित जम्मु कश्मीरको पुलावामामा फरक क्षमता भएका खेलाडीहरुका लागि क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ ।

फरक क्षमता भएका खेलाडीहरुको आत्मविश्वास बढाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न सक्ने हौसला प्रदान गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आयोजकले भने फरक क्षमता भएका व्यक्तिहरुले चाहेमा यस्तै अन्य प्रतियोगिताको आयोजना गर्न समेत आफूहरु तयार रहेको जानकारी दिएका छन् ।

‘उनीहरुका लागि खेलकुद प्रतियोगिताको आयोजना गर्नु हाम्रो दायित्व हो ।’ आयोजकलाई उद्धृत गर्दै एएनआईले उल्लेख गरेको छ, ‘उनीहरुले आफूलाई अरुभन्दा कमजोर नठानुन् भन्ने हाम्रो चाहना हो ।’

आयोजकले यस प्रतियोगिताबाट नयाँ प्रतिभाहरु अगाडि आएको समेत जानकारी दिएको छ ।